फागुन २३ गतेका लागि राष्ट्रपतिले बोलाइन् संसद अधिवेशन


काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी छन् ।

आज बसेको मन्त्रिपरिषद बैठकको सिफारिसअनुसार राष्ट्रपतिले २३ गते सोमबार संसद अधिवेशन आह्वान गरेकी हुन् ।

प्रवक्ता जगन्नाथ पन्तले प्रधानमन्त्री कार्यालयबाट प्राप्त संसद अधिवेशनको पत्र अनुसार राष्ट्रपतिले संसद अधिवेशन बोलाएको जानकारी दिए । राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद बैठक आह्वान गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement