काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा आज अपराह्न काठमाण्डुको कमलपोखरी पुगेर सूर्यलाई अर्घ दिई पूजाअर्चना गरेकी छन् ।
काठमाण्डु महानगरपालिकाद्वारा आयोजित छठ पूजा समारोहमा सरिक भएकी राष्ट्रपति भण्डारीले छठीमाईको समेत दर्शन गरिन् । काठमाण्डु महानगरपालिका–१ का अध्यक्ष भरतलाल श्रेष्ठले आज राष्ट्रपति भण्डारीबाट पूजाअर्चनाबाहेकका अन्य कार्यक्रम यसपटक नगरिएको जानकारी दिए ।
छठ पर्वका अवसरमा राष्ट्रप्रमुखबाट नियमितजसो नै कमलपोखरीको भ्रमण गरी पूजाअर्चना हुने गरेको छ । छठ पर्वका लागि कमलपोखरीलाई झकिझकाउ पारिएको छ । अहिले यहाँ अस्ताउँदो सूर्यलाई अघ्र्य दिने व्रतालुको ठूलो भीड छ । भौतिक पूर्वाधार निर्माण गरिएको र पोखरीसमेत सफाइ गरिएकाले यसपालि कमलपोखरी आकर्षक बनेको छ ।
त्यस्तै भक्तपुरको कमलपोखरी, जनकपुरको जानकारी मन्दिर, वीरगन्ज, सप्तरी, सुनसरी, थापाथलीस्थित बागमती किनार, धनगढीको मोहना घाट लगायतका स्थानमा छठ पर्व भव्यताका साथ मनाइएको छ ।
प्रतिक्रिया