शनिबार बिहानदेखि हराईरहेको अल्टिच्युड एयरको हेलिकोप्टर धादिङमा दुर्घटना

शनिबार बिहानदेखि हराईरहेको अल्टिच्युड एयरको हेलिकोप्टर धादिङमा दुर्घटना


काठमाडौं – गोर्खाबाट काठमाडौं फर्किँदा सम्पर्क्विहीन भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर धादिङमा दुर्घटना भएको छ ।

शनिबार बिहानदेखि हराईरहेको अल्टिच्युड एयरको हेलिकोप्टरका सात जना सवार रहेको खुलेको छ । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक रहेको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल स्रोतले बतायो ।

स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्पा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु छन् ।