काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकार पाँचै वर्ष जाने बताएका छन् ।
गोरखाको वारपाक सुलिकोट गाउँपालिकामा आयोजित जनतासँग अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले गठबन्धन पाँचै वर्ष जाने बताए ।
गठबन्धन सरकारको १ वर्षे कार्यकालमा केही रेकर्ड कायम हुने काम भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले बाँकी ४ वर्षमा धेरै राम्रा काम गरिने बताए ।
उनले भने, ‘सरकारले यो १ वर्षे कार्यकालमा केही रेकर्ड कायम हुने केही कामहरू गरेको छ । नागरिकता समस्या, मिटरव्याजीको समस्या, सामाजिक सुरक्षाको क्षेत्रमा, विकास निर्माणको क्षेत्रमा सरकारले बुढीगण्डकी आयोजना, जलवायु न्यायको विषयमा पर्वतीय देशहरूको नेतृत्व गरिएको छ । १ वर्षमा यति काम भए भने बाँकी ४ वर्षमा त झनै धेरै राम्रा काम हुनेछन् ।’
सरकारले राम्रा कामको सुरुवात गरेको भए पनि गणतन्त्र र परिर्वतन विरोधीहरूले ती काम राम्रा भए भनेर नभन्ने बताउँँदै उनले राम्रा कामको प्रचार जनता र परिर्वतन पक्षधरले गर्नुपर्ने बताए ।
प्रतिक्रिया