सोमवार नेप्से ओरालो लाग्यो

सोमवार नेप्से ओरालो लाग्यो


काठमाण्डु – सेयर बजारमा ८.७५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार निरन्तर पाँचौ कारोबार दिन घटेर बजार २०६०.१५ विन्दुमा पुगेको छ ।

आज चार अर्ब ४८ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ कम्पनीको सेयर मूल्य घटेको छ । १० वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये पाँच वटा उपसमूहको समूहगत सूचक बढेको छ । सात उपसमूहको समूहगत सूचक बढेको छ ।सीईडीबी जलविद्युत् विकास कम्पनी, चिर्ख्र्वा हाइड्रोको १० प्रतिशतले सेयर बढ्दा लगानीकर्ताले कमाएका छन्।