काठमाण्डु- प्रि-ओपन सेसनमा बिहिबार नेप्से सूचक ०.०२ प्रतिशतले वृद्धि भएको छ । नेप्से सुचक ०.५६ अंकले बढेर २०५८.५६ विन्दुमा आएको छ । यो सेसनमा ३५ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ भने ७ कम्पनीको भाउमा स्थिर रहेको छ ।
यो सेसनमा ५२ कम्पनीको ७५ सय ३९ कित्ता सेयर कारोबार हुदाँ २७ लाख ६३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बिहिबार यो सेसनमा कुल १३२ वटा कारोबार भएको हो ।
प्रतिक्रिया