काठमाण्डु – सुजुकीको विन्टर फ्री सर्भिस क्याम्प आयोजना हुने भएको छ।
नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता रहेको सीजी मोटोकर्पले जाडो मौसमले सवारी साधनमा पार्न सक्ने प्रभावलाई मध्येनजर गर्दै उक्त सर्चिस क्याम्प पुस २४ देखि २६ गतेसम्म आयोजना हुने भएको हो ।
जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्नसक्ने भएकोले, हामीले यसमा ध्यान पुराउन अत्यन्त जरुरी हुन्छ, सुजुकी ग्राहकलाई यो बिषयमा जानकारी गराउन र उहाहरुको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प संचालन हुनलागेको कम्पनीले जनाएको छ।
सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै ग्राहकहरुले लक्की द्र मार्फत वर्ष भरीको लागि पाट्र्स र कन्जुमेबल्स सहितको सर्भिस प्याकेज पनि जीत्न सक्नेछन् ।
सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसीर हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनेछन् । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा उनीहरुले ५० प्रतिशत छुट पाउनेछन्, पाट्र्स र एसोसरिजमा १० प्रतिशत छुट पाउनुहुनेछ भने लेवर चार्जमा पनि २० प्रतिशत छुट पाउनेछन् ।
सुजुकीको विन्टर सर्भिस क्याम्प नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।
प्रतिक्रिया