काठमाण्डु- विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा काटिएका उद्योगको बिजुली शुक्रबार मध्यरातमा जोडिदिएको छ ।
मन्त्रिपरिषद्ले छानबिन आयोग गठन गरी काटिएको लाइन तत्काल जोडिदिने निर्णय मंगलबार गरेको थियो । प्राधिकरणले त्यसको चार दिनपछि मात्र लाइन जोडिदिएको हो ।
शुक्रबार राति १-२ बजेसम्म उद्योगहरूमा लाइन जोडिएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले बताए । विद्युत् प्राधिकरणले ६ पुसबाट धेरै बक्यौता रहेका उद्योगमा लाइन काट्न थालेको थियो ।
प्रतिक्रिया