काठमाण्डु – शेयर बजार नेप्से परिसूचक ५४.५ अंकले बढेको छ ।
आज मंगलबार ५४.५ अंकले वृद्धि भएर शेयर बजार २१७५.१७ विन्दुमा पुगेको छ ।
आज ३०४ कम्पनीको २ करोड ३३ लाख ७० हजार ५३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २ करोड ३८ लाख ६२ हजार ४०६ रुपैयाँको कारोबार भएको छ ।
२१४ वटा कम्पनीको शेयर मूल्य वृद्धि हुँदा ३१ कम्पनीको घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ ।
प्रतिक्रिया