वेरोजगार महिलाको सहारा,सिवाईसी

वेरोजगार महिलाको सहारा,सिवाईसी


राजेन्द्र बहादुर सिंह /बझाङ – सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्थाबाट उद्यम विकास कर्जा पाएपछि यतिखेर बझाङका महिलाहरु ब्यापार ब्यवसायमा उन्मुख भएका छन् ।

आर्थिक अभावका कारण बेरोजगार बस्दै आएका महिलाहरु सिवाईसी नेपालबाट कर्जा लगानी पाएपछि आजकाल ब्यवसायमा उन्मुख भएका हुन् । सिवाईसी नेपालले समुहका महिला सदस्यहरुलाई विना धितो १ देखि ७ लाख सम्म सिवाईसी उद्यमी कर्जा प्रवाह गर्दै आएको छ ।

सिवाईसीले आर्थिक अभावमा परेका विपन्न परिवारका महिलाहरुलाई ब्यवसायका लागी लगानी गरिदिदा आजकाल सिवाईसी नेपाल बेरोजगार महिलाहरुको साहारा बन्दै गएको छ । विना धितो सौलियत कर्जा उपलब्ध हुदा आजकाल महिलाहरु भैसीपालन,बाख्रापालन,कुखुरा पालन लगाएतका ब्यवसाय गर्दै आएका छन् । यस्ता खालका ब्यवसायबाट मगन्य आम्दानी हुन थालेपछि सिवाईसी संग आवद्ध महिलाहरु निकै हर्षित छन् । आजकाल पहिले भन्दा उनीहरुको जिवन स्तरमा केही सुधार भएको पाइन्छ ।

सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्थाले बझाङका विभिन्न पालिकामा समुह (केन्द्र) मार्फत्त संगठित महिला सदस्यहरुलाई कम ब्याजदरमा विनाधितो उद्यमी कर्जा प्रवाह गर्दै आएको छ । सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था जयपृथ्वी नगरपालिका शाखाले साधारण कर्जा प्रति सदस्य बढीमा ७ लाखसम्म लगानी गर्दै आएको छ । सिवाईसीद्धारा गठित समुहमा आवद्ध सदस्यहरुको जिविको पार्जनमा सुधार ल्याउन सिवाईसी उद्यम विकास कर्जा प्रवाह गरिएकोे सिवाईसी नेपाल जयपृथ्वी नगरपालिका शाखा प्रमुख राजेन्द्र प्रशाद उपाध्यायले बताएका छन्।

सिवाईसी ज.न.पा.शाखाले जिल्लाका जयपृथ्वी नगरपालिका, तलकोट गाउँपालिका,थलारा गाउँपालिका लगाएत जिल्लाका १२ वटै स्थानीय तहमा एक सय केन्द्रमा आवद्ध १२ सय सदस्यहरुलाई ३ करोड बढी कर्जा प्रवाह गरी सकेको समेत शाखा प्रमुख उपाध्ययले जानकारी दिएका छन् ।

सिवाईसीले बझाङ जिल्लाका विभिन्न पालिकामा करिव १ सय वटा महिला समुह (केन्द्र) स्थापना गरी करिव १२ हजार महिला सदस्यहरुलाई हाल सेवा प्रभावह गर्दै आएको छ । सिवाईसीले महिला सदस्यहरुलाई बाख्रा पालन, भैसीपालन,कुखुरा पालन, ब्यापार लगाएतका विभिन्न ब्यवसाय गर्नका लागी कर्जा प्रवाह गर्दै आएको जनाईन्छ । सिवाईसी उद्यम विकास कर्जा बाट लगेको पैसाले कुखुरा पालन ब्यवसाय गर्दा आजकाल छोराछोरीको पढाई खर्च र घरायसी खर्च चलाउन सहज भएको जयपृथ्वी नगरपालिका ६ नौराकी शान्ता देवी सिंहले बताईन् । उनले भनिन्“मैले पहिलो पटक सिवाईसीबाट ब्यवसायीक कर्जा पाएकी हुँ” अन्य कुनै वित्तिय संस्थाबाट कर्जा पाएकी थिएन् ।

सिवाईसीले कर्जा प्रवाहसंगै समुहमा आवद्ध सदस्यहरुको जिवन विमा र औषधी उपचारको समेत ब्ववस्था गर्र्द आएको छ भने गोल्डेन सदस्यका लागी १५ हजार र सिल्भर सदस्यका लागी ७ हजार चालु पुजी समेत उपलब्ध गराउँदै आएको छ । बेरोजागार संग रोजगार उत्पादन संग बजार भन्ने मुलनाराका साथ सिवाईसीले महिलाहरुलाई वित्तिय सचेतना उद्यमशिलता र जिविको पार्जनका लागी सिप तथा लगानी गर्दै आएको छ । यस संस्थाले ७७ जिल्लाका १२० वटा शाखा मार्फत्त १ लाख १२ हजार भन्दा बढी सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । देशभरका अन्य वित्तिय संस्था जस्तै सिवाईसी नेपालको गरिवी न्यूनिकरणमा योगदान पुरयाउने सामाजिक वित्तिय संस्थाका रुपमा काम गरिरहेको जनाईन्छ ।