हिमालय रि इन्स्योरेन्सको अर्को रेकर्ड : पूजीकरणका हिसावले सातौं कम्पनी बन्न सफल

हिमालय रि इन्स्योरेन्सको अर्को रेकर्ड : पूजीकरणका हिसावले सातौं कम्पनी बन्न सफल


काठमाण्डु – निजी क्षेत्रबाट स्थापित नेपालको पहिलो पुर्नबीमा कम्पनी हिमालयन रि इन्स्योरेन्स लिमीटेड दोश्रो बजारमा पूजीकरणका हिसावले सातौं कम्पनी बन्न सफल भएको छ । केही दिनअघि मात्र नेप्सेमा सूचीकृत भएको हिमालय रि छोटो समयमा ठूला कम्पनीको सूचीमा पर्न सफल भएको हो ।

देशका अधिकांश ठुला व्यवसायी र उद्योगपति संलग्न रहेको यो कम्पनीको बजार मुल्य अहिले ६६१ रुपैया पुगेको छ । हिमालयले प्रिमियमा साधारण सेयर जारी गरेको थियो । कम्प्नीको सुरुवाती कारोबार प्रतिकित्ता ३०९ रुपैया रहेको थियो । तर, नेप्सेमा सूचीकृत भएसंगै कम्पनिको सेयर मुल्यमा उछाल आएको थियो ।

हिमालयको सेयरमा केहि दिन लगातार पोजिटिम सर्किट समेत लागेको थियो । नेप्सेमा कम्पनीको कुल १० करोड कित्ता सेयर सूचीकृत छ । जसमध्ये संस्थापकको ७ करोड, कर्मचारीको ४ लाख,म्युचल फण्डको ३० लाख र सर्वसाधारणको २ करोड ६४ लाख कित्ता छ ।

कम्पनीको ८ कारोबार दिनको अवधिमा आफ्नो बजार पूँजीकरणको आकार ६५ अर्ब ३ करोड पुगेको छ । हिमालयनलाई केही दिनअघि मात्र भारतबाट पुर्नबीमा व्यवसाय गर्न बाटो खुलेको थियो । हिमालयले स्थापनाको छोटो समयमा ३१ देशमा व्यवसाय विस्तार गरिसकेको छ ।