शेयर बजार ३० अंकले घट्यो

शेयर बजार ३० अंकले घट्यो


काठमाण्डु – हप्ताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से परिसूचक ३० अंकले घटेर बन्द भएको छ ।

बिहीबार नेप्से परिसूचक ३०.९२ अंकले घटेर २०६७.०१ विन्दुमा कायम भएको छ ।

हप्ताको पहिलो कारोबार दिन आईतबारदेखि निरन्तर बढेको सूचक बुधबार आएर २१.६७ अंकले घटेर बन्द भएको थियो ।

नेप्से घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ । आज बिहीबार ४ अर्ब १८ करोड मूल्य बराबरको शेयर कारोबार भएको छ । बुधबार ५ अर्ब २९ करोड मूल्य बराबरको शेयर कारोबार भएको थियो ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रहेको छ । हिमालयनको ५४ करोड बढी मूल्यको शेयर कारोबार भएको छ । नगदी ग्रूप र नेपाल रिइन्स्योरेन्सको १४ करोड, एनआरएन इन्फ्रास्टक्चरको र अरुण कावेलीको ८ करोड मूल्य बराबरको शेयर कारोबार भएको छ ।

कारोबार भएका १२ वटा उपसमूहको सूचक नकारात्मक देखिँदा एउटा उपसमूहको मात्रै सूचक बढेको छ । हाइड्रोपावर उपसमूहको सूचक सर्वाधिक २.३५ प्रतिशतले घटेको छ ।