६ महिनामा भित्रियो सात खर्ब २६ अर्ब रेमिटेन्स

६ महिनामा भित्रियो सात खर्ब २६ अर्ब रेमिटेन्स


काठमाण्डु- नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको मुलुकको आर्थिक प्रतिवेदन अनुसार छ महिनामा सात खर्ब ३३ अर्ब रूपैयाँ बराबरको रेमिटेयान्स भित्रिएको छ।

चालु आर्थिक वर्ष २०८०/८१ को छ महिनामा सात खर्ब ३३ अर्ब रूपैयाँ बराबरको रेमिटेयान्स भित्रिएको हाे । गत वर्षको यही अवधिमा पाँच खर्ब ८५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएकोमा चालु आवमा यो दर २५.३ प्रतिशतले वृद्धि भएको छ। पुस महिनामा मात्रै करिब १ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

यो छ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा उच्च दरमा कमी आएको छ। छ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या १८ प्रतिशतले घटेको छ।

गत वर्षको छ महिनामा नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४ लाख १८ हजार थियो। चालु आर्थिक वर्षको यो अवधिमा भने मात्रै ३ लाख ४३ हजारले यस्तो स्वीकृति लिएका छन्।