प्रि-ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

प्रि-ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से


काठमाण्डु- प्रि-ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेको छ । चालु साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा १.३७ अंकले घटेको सेयर बजार २०६०.६८ विन्दुमा पुगेर रोकिएको छ ।

यस सेसनमा ३१ कम्पनीको २ हजार ५२२ कित्ता सेयर किनबेच हुँदा १० लाख ९७ हजार ८५६ रुपैयाँको कारोबार भएको छ । यस सेसनमा १५ कम्पनीको सेयर मूल्य बढ्दा १४ कम्पनीको घटेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।