नवनियुक्त राज्यमन्त्रीहरूद्वारा शपथ ग्रहण

नवनियुक्त राज्यमन्त्रीहरूद्वारा शपथ ग्रहण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ३ राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार आयोजित समारोहमा प्रधानमन्त्री ओलीसमक्ष ३ राज्यमन्त्रीले शपथ लिएका हुन् ।

शपथ लिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्री रुपा विक र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ छन् ।

शपथ ग्रहण कार्यक्रममा उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, मुख्यसचिव, उच्चपदस्थ अधिकारी लगायत सहभागी थिए । यससँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

प्रधानमन्त्री ओली नेतृत्वमा रहेको मौजुदा मन्त्रिपरिषद्मा ३ राज्यमन्त्री थपिएसँगै मन्त्रिपरिषद्को संख्या २५ पुगेको छ ।