काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले आफ्ना उद्योगहरूको नवीकरणमा उत्पन्न समस्याबारे सोमबार ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा महासंघका अध्यक्ष सीताराम न्यौपाने सहितका प्रतिनिधिले दर्ता भएको ७०० क्रसर तथा बालुवा उद्योगहरूलाई विगतकै मापदण्डका आधारमा नवीकरण गराउन माग गरेका हुन् ।
वातावरण सम्बन्धी मापदण्ड २०५४ र उद्योगका लागि दूरी सम्बन्धी मापदण्ड २०७१ का आधारमा ती उद्योग सञ्चालन भएकोमा २०७७ सालमा संशोधित मापदण्डले नवीकरणमा कठिनाइ भएको महासंघको भनाइ छ ।
महासंघले उद्योगहरूको नवीकरण नहुँदा करीब ४ अर्ब लगानी डुुब्ने अवस्थामा रहेकाले विगतमा दर्ता भएका उद्योगलाई कर दस्तुुर लिई पुरानै मापदण्डका आधारमा नवीकरण गराउन र व्यावहारिक एवं नयाँ मापदण्ड ल्याउन माग गरेको छ ।
प्रतिक्रिया