काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक र कुनै पनि जनतामाथि सरकारले दमनचक्र नलाद्ने स्पष्ट गरेका छन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठनको २३औं राष्ट्रिय परिषद् बैठकमा सम्बोधन गर्दै उनले शिक्षकहरूले पढाउने दायित्वका साथै राजनीतिक र सामाजिक परिवर्तनको आन्दोलनमा महत्त्वपूूर्ण योगदान गरेकाले उनीहरूका कुनै समस्या भए आपसी संवादबाट समाधान गर्नुपर्नेमा जोड दिए ।
यसअघिको सरकारले शिक्षकहरूलाई राजनीति गरेको आरोप लगाएर दबाबमा राखेको उल्लेख गर्दै उनले अब अवस्था फेरिएकाले ढुक्कका साथ शिक्षण र समाजको जागरण विस्तारमा लाग्न आग्रह गरे । उनले शिक्षा सम्बन्धी र कर्मचारी सम्बन्धी ऐन नियमलाई आपसी संवादबाट समायानुकूूल सुधारका लागि सरकार तत्पर रहेको जनाए ।
‘राजनीति र शिक्षकको भूमिकालाई नबुुझेकाहरूले शिक्षकमाथि एकतर्फी दमनचक्र लगाउन खोजेका थिए । शिक्षकलाई राजनीतिबाट अलग गराएँ भनेर घोषणा गरेका थिए । त्यो शिक्षकहरूलाई लपेट्ने प्रयास हो । ती प्रयास गलत थिए,’ प्रधानमन्त्री ओलीले भने, ‘वास्तवमा अरस्तु र प्लेटोका पालादेखि नै मानिस राजनीतिक प्राणी हो भन्ने स्पष्ट भइसकेको थियो । त्यसैले यो सरकार शिक्षकमाथि कुनै शत्रुुता राख्नुपर्ने कारण देख्दैन । शिक्षकहरूले आफ्नो कर्म र दायित्वलाई इमान्दार रूपमा निर्वाह गरिदिए पुुग्छ । कक्षा कोठाभन्दा बाहिर पनि शिक्षकहरू समाजको विकृति बढार्ने काममा साँझ–बिहान लाग्नुपर्छ । शिक्षक हुनुु भनेको जागिरे हुनुु होइन, एक प्रकारको जागरण हो ।’
कार्यक्रममा उनले विभिन्न शिक्षक संगठनबाट प्रवेश गर्नेहरूलाई प्रवेश गराए भने रिमोर्टका माध्यमबाट संगठनको ललितपुरस्थित नयाँ भवनको उद्घाटन गरेका थिए ।
प्रतिक्रिया