काठमाण्डु– नेपालमा हिजो भएको भारतीय पर्यटक बोकेको बस दुर्घटनामा घाइते यात्रीहरूलाई भेट्न र मृतक शवहरू लैजान भारत सरकारकी युवा तथा खेलकुद राज्यमंत्री रक्षा खडसे काठमाडौं आएकी छिन ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी राज्यमन्त्री रक्षा खडसे आज काठमाडौं आएकी हुन् ।
उनका साथमा महाराष्ट्र जलगांवका एकजना विधायक पनि आएका छन् । मन्त्री खड्सेले घाइतेसँग कुरा गर्ने र शव लिने बताइएको छ ।
बस दुर्घटनामा घाइते १६ भारतीय यात्रीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरेहेको छ । अहिले उनी घाइतेहरू उपचाररत त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा छिन् ।
दुर्घटनामा परेर सामान्य घाइते भएका ३ जनालाई काठमांडू स्थित भारतीय दूतावासको समन्वयमा गोरखा निवास गेस्ट हाउसमा राखिएको छ।
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको छ । मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया