काठमाण्डु– नेपालमा हिजो भएको भारतीय पर्यटक बोकेको बस दुर्घटनामा ज्यान गुमाएकाकाे शव भारतीय वायुसेनाको विमानबाट नासिक लगिने भएको छ ।
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा १६ जना घाइते भएको र उनीहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो ।
दुर्घटनामा घाइते यात्रीहरूलाई भेट्न र मृतक शवहरू लैजान भारत सरकारकी युवा तथा खेलकुद राज्यमंत्री रक्षा खडसे काठमाडौं आएकी छिन । अहिले उनी घाइतेहरू उपचाररत त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा छिन् ।
याे पनि पढ्नुहाेस् : भारतीय युवा तथा खेलकुद राज्यमन्त्री खड्से टिचिङ अस्पताल पुगिन्
मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया