नेपाली समाज मर्यादित समाज हो, अश्लिलता फैलाउन सम्भव छैन : प्रधानमन्त्री ओली

नेपाली समाज मर्यादित समाज हो, अश्लिलता फैलाउन सम्भव छैन : प्रधानमन्त्री ओली


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज मर्यादित समाज भएकाले अश्लिलता र सामाजिक घृणा फैलाउन सम्भव नहुने बताएका छन् ।

नेकपा एमाले झापा–काठमाण्डु सम्पर्क मञ्चद्वारा तीजका अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल फरक कला, संस्कृति र सभ्यताको देश भएकाले अश्लिलता फैलाउन सम्भव नहुने बताए ।

‘हामीले एकआपसमा घृणा फैलाउने होइन, परस्पर माया फैलाउनुुपर्छ । देश, समाज, परिवार र आफैंलाई माया गर्नुपर्छ । मायाले निद्रा र थकाइ बिर्साउँछ । दिदीबहिनी र दाजुुभाइमा तीजले ममता बढाउँछ । यस्ता महत्त्वपूर्ण चाडले नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने काम गर्छ,’ उनले भने ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, एमाले केन्द्रीय सदस्य इन्द्र भण्डारी लगायत सहभागी थिए । मञ्चका उपाध्यक्ष पुुष्पा अधिकारीका अध्यक्षतामा भएको कार्यक्रममा महिला आन्दोलनमा योगदानकर्ता पृथ्वीशोभा मैनालीलाई सम्मान गरिएको थियो ।