भारतमा नेपाली तीर्थयात्री बोकेको बस पल्टियाे, ८ को अवस्था गम्भीर

भारतमा नेपाली तीर्थयात्री बोकेको बस पल्टियाे, ८ को अवस्था गम्भीर


काठमाण्डु– भारतमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना भएको छ ।

भारतको बिहार राज्यको समस्तीपुरमा आइतबार बिहान दुर्घटना भएको हो ।

ना७ख ६४४६ नम्बरको बस समस्तीपुरस्थित मुसरीघरारी थाना क्षेत्रमा पर्ने एनएच २८ राजमार्गमा दुर्घटना भएको हो ।

बाराको बारागढी गाउँपालिका वडा नम्बर ३, मूर्तिपालियाबाट बोलबम तीर्थयात्राका लागि ४३ यात्रु बोकेर गएको बस दुर्घटना भएको बताइएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार ट्रकसँग ठोक्किएर पल्टिएको हो।

बसमा सवार ३६ यात्रु घाइते भएको र विभिन्न नजिकका अस्पतालहरुमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ८ को अवस्था गम्भीर रहेको बताइएको छ ।