काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा.डा. भीमप्रसाद खतिवडालाई ३ महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी तोकेका छन् ।
प्रधानमन्त्री एवं कुलपति ओलीले विश्वविद्यालय ऐन २०४६ को दफा १६ को उपदफा ६ बमोजिम सोमबार जिम्मेवारी दिएका हुन् ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले गत साउन २७ गते दिएको राजीनामा भदौ १ गते प्रधानमन्त्रीबाट स्वीकृत भएको थियो ।
प्रतिक्रिया