मुलुुक बनाउने अभियानमा सक्रिय भएर लाग्न इन्जिनीयरहरूलाई प्रधानमन्त्री ओलीको आग्रह

मुलुुक बनाउने अभियानमा सक्रिय भएर लाग्न इन्जिनीयरहरूलाई प्रधानमन्त्री ओलीको आग्रह


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २८ गते हुने नेपाल इन्जिनीयर्स एशोसिएशनको ३४औं निर्वाचनका लागि प्रगतिशील इन्जिनीयर्स एशोसिएशनको उम्मेदवार समूूलाई शुुभकामना दिएका छन् ।

ई. प्रा.डा. विष्णुुप्रसाद पाण्डे समूहको उम्मेदवार घोषणा कार्यक्रममा संक्षिप्त मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले योग्य र सक्षम समूह भएकाले यसले विजय हासिल गर्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले निर्वाचनमा सफलता हासिल गरी मुलुुक बनाउने अभियानमा अझ सक्रिय भएर लाग्न आग्रह गरे ।

‘यो समूह चुनावमा उठ्नका लागि उठाए जस्तो मात्रै देखिएको छैन । यस क्षेत्रलाई ऊर्जाशील बनाएर राष्ट्र निर्माणमा लाग्न सक्षम समूह देखिएको छ । तपाईंहरूले चुनाव जितेपछि बसेर सविस्तार कुरा गरौंला,’ उनले भने ।