काठमाण्डु-बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको जिप दुर्घटनामा मृत्यु भएका तीन जनाकै शव भेटिएको छ ।
जिपमा सवार ४ जनामध्ये तीन जनाको मृत्यु भएको र एक जनाको उपचारका लागि धवलागिरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
घाइतेको टाउकोमा चोट लागेको छ ।
जिल्ला प्रहरी कार्यालय, बालगुङका सूचना अधिकारी प्रताप पौडेलले सबैको शव संकलन भएको जानकारी दिए । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भपुेन्द्रा बुढासहित तीनजनाको मृत्यु भएको हो ।
रा १ झ २०० नम्बरको सरकारी गाडी दुर्घटनामा परेको थियो ।
दुर्घटनामा ज्यान गुमाएका अन्य दुई जनाको भने पहिचान हुन सकेको छैन ।
गाडी काठमाडौँदेखि रुकुम पूर्व जाँदै गरेको अवस्थामा बागलुङमा दुर्घटनामा परेको थियो । उपाध्यक्ष बुढा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएकी थिइन् ।
प्रतिक्रिया