माइक्रोबस र ट्याङ्कर ठोक्किँदा १६ जना घाइते

माइक्रोबस र ट्याङ्कर ठोक्किँदा १६ जना घाइते

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलोमा माइक्रोबस र दूध बोकेको ट्याङ्कर ठोक्किँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये १४ जनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा३ख १७५२नम्बरको माइक्रोबस र मुग्लिन जाँदै गरेको बा.प्र.०३–००१ख २६२२ नं. को दूध बोक्ने ट्याङ्कर एक–आपसमा ठक्कर खाएका हुन् । दुर्घटनामा घाइते हुनेमा माइक्रोबसका चालक र यात्रुहरू रहेको डीएसपी रिजालले बताए ।

ट्याङकर चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का २९ वर्षीय पेमा लामा मुग्लिन इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । घाइतेमध्ये १२ जनाको चितवन मेडिकल कलेजमा र चार जनाको पुरानो मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको डीएसपी रिजालले बताए ।