राष्ट्रियसभा अध्यक्षद्वारा कार्यकक्षमै पुगेर समितिका सभापतिसँग भेटवार्ता

राष्ट्रियसभा अध्यक्षद्वारा कार्यकक्षमै पुगेर समितिका सभापतिसँग भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रिय सभाअन्तर्गत संसदीय समितिहरूका सभापतिहरूलाई भेटेर काम, कारबाही र व्यवस्थापकीय अवस्थाबारे जानकारी लिएका छन् ।

सभापतिहरूको कार्यकक्षमा पुगेर उनले समितिको बैठक कक्षको अवस्था, व्यवस्थापकीय समस्या, काम गर्दा आइपर्ने अप्ठ्यारा लगायतका विषयमा जानकारी लिए ।

अध्यक्ष दाहालसँगै राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे, सचिव डा. सुरेन्द्र अर्याल लगायतको टोली विधायन व्यवस्थापन समिति सभापति तुलसा कुमारी दाहाल, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति सभापति सोनाम गेल्जेन शेर्पा र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापति मायाप्रसाद शर्माको कार्यकक्षमा पुगेको थियो ।

सो अवसरमा अध्यक्ष दाहालले समितिका काम कारबाही सञ्चालनमा समस्या आए आफूलाई जानकारी गराउन आग्रह गर्दै समितिलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आफूले पहल गर्ने बताए ।

भेटमा सभापतिहरूले समिति सञ्चालनका क्रममा कतिपय प्राविधिक तथा व्यवस्थापकीय समस्या चुनौतीका रूपमा आउने गरेको बताएका थिए ।