काभ्रे भीरमा पहिरो खस्दा बेंसीसहर–चामे सडक अवरुद्ध

काभ्रे भीरमा पहिरो खस्दा बेंसीसहर–चामे सडक अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मनाङ – मनसुन सक्रिय भएर परेको अविरल वर्षासँगै पहिरो खस्दा चामे–बेंसीसहर सडक अवरुद्ध भएको छ ।

लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ काभ्रेभीरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

काभ्रेभीरमा पहिरो खस्दा एक मात्र मनाङ आवतजावत गर्ने चामे–बेंसीसहर सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी मात्रिका आचार्यले जानकारी दिए । ‘मनाङ पर्यटकीय क्षेत्र भएकाले यतिबेला पर्यटकको बढी आवतजावत हुन्छ तर सडक अवरुद्ध हुँदा स्थानीयका साथै पर्यटकलाई असर गरेको छ,’ उनले भने ।

निरन्तर वर्षा भइरहेकाले जिल्लावासीलाई सचेत तथा सजक रहन आग्रह गरिएको प्रजिअ आचार्यले बताए । ‘मनाङ बाढीपहिरोको जोखिमयुक्त क्षेत्र भएकाले सचेत रहन जिल्लावासीलाई आग्रह गरिएको छ,’ उनले भने, ‘अत्यावश्यक बाहेकका काममा लामो तथा छोटो दुरीको यात्रा नगर्न समेत आग्रह गरिएको छ ।’