काठमाण्डु – लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन दूतावासले अनुरोध गरेको छ ।
इजिप्टको कायरोस्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै कुनै समस्या परेमा कायरोस्थित राजदूतावास तथा बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।
‘केही दिनयता लेबनानमा विकास भइरहेको परिस्थितिका सन्दर्भमा लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध छ । कुनै समस्या परेमा नेपाली राजदूतावास कायरो तथा बेरुतस्थित अवैतनिक नेपाली वाणिज्य दूतावासका देहायअनुसारको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध छ,’ दूतावासले जारी गरेको सूचनामा भनिएको छ ।
दूतावासले कायरोस्थित दूतावासका द्वितीय सचिव दीपक घिमिरेलाई +२०१०९७७७२३४८ र तृतीय सचिव माधवराज काफ्लेलाई +२०१००२५०५९९७ नम्बरमा फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्न आग्रह गरेको छ ।
बेरुतस्थित अवैतनिक महावाणिज्यदूत मोहम्मद गोजायललाई +९६१३३०११८१/+९६१७१६८८८२१/+९६१८१८८३७१३ मा फोन गर्न भनिएको छ ।
पछिल्लो समय इजरायलले लेबनानको विद्रोही समूह हिज्बुल्लाहविरुद्ध आक्रमण गरिरहेको छ ।
प्रतिक्रिया