प्रचण्डले बोलाएको सर्वदलीय बैठक स्थगित

प्रचण्डले बोलाएको सर्वदलीय बैठक स्थगित


काठमाण्डु-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक स्थगित भएको छ ।

अध्यक्ष प्रचण्डले अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न आज बिहान १० बजे सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा सर्वदलीय बैठक बोलाएका थिए ।

सरकारले पनि सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नदेखेर स्थगित गरिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए ।

यसैबीच कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आजै दिउँसो १ बजे सर्वदलीय बैठक बोलाएका छन् ।