सोलुखुम्बुमा पहिरोले घर बगाउँदा ५ जनाको मृत्यु

सोलुखुम्बुमा पहिरोले घर बगाउँदा ५ जनाको मृत्यु


काठमाण्डु-सोलुखुम्बुमा शनिवार दुई वटा घर पहिरोले बगाउँदा पाँच जनाको मृत्यु भएको छ ।

सोलुदुधकुण्ड नगरपालिका–९ र १० मा गएको पहिरोमा परेर पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

मृत्यु हुनेमा वडा नम्बर ९ स्थित माइती घर आएकी सोलुदुधकुण्ड नगरपालिका–२ का छिरिङ शेर्पाको श्रीमती २३ वर्षीया ल्हामु शेर्पा, उनकी सात महिनाका छोरा फुर्वा ल्होप्साङ शेर्पा र सोही नगरपालिका वडा नम्बर ९ की २९ वर्षीया रिना तामाङ छन् ।

यस्तै सोलुदुकुण्ड नगरपालिका–१० चैलुङकी अन्दाजी ३३ वर्षकी कविता मगर र सोही ठेगानाका २४ वर्षकी रुपु मगरको पहिरोमा मृत्यु भएको हो ।

शनिवार दिउँसो लगातार परेको अविरल वर्षाको कारण चैलुङका टेक बहादुर मगरको ढुङ्गामाटोले बनेको काठको छानो भएको एक तले घरको माथिबाट पहिरो गएको हो ।

साथै सोही नगरपालिका–९ छेवर बस्ने डिमा दावा शेर्पाको ढुङगा माटोले बनेको घर पहिरोले बगाउँदा घर भित्र बसेका छिरिङ फुर्वा र रिनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही घटनामा ६२ वर्षीया याङजी शेर्पाको टाउमा चोट लागेको छ ।