बाढी-पहिरो अपडेट : १४८ जनाको मृत्यु, ५५ जना बेपत्ता

बाढी-पहिरो अपडेट : १४८ जनाको मृत्यु, ५५ जना बेपत्ता


काठमाण्डु–  बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मृत्यु हुनेको संख्या १४८ पुगेको छ ।

नेपाल प्रहरीका अनुसार पछिल्लो २ दिनमा (आइतबार दिउसो ३ बजे सम्म)   १४८ जनाको मृत्यु भएको हो । 

 यस्तै १०१ जना घाइते रहेका छन् भने ५५ जना बेपत्ता रहेका छन् । यस्तै ३६ सय ६१ जनाको उद्दार  गरिएको प्रहरीले जनाएको छ । 

प्रभावित क्षेत्रमा नागरिकको उद्दार, राहत तथा घाइतेहरुको उपचारका लागि अस्पताल पुर्‍याउने लगायतका कार्यमा सुरक्षाकर्मीहरु सक्रिय भएर लागि परेका छन् ।