सिधा कुराले अदालतको अवहेलना गरेको ठहर,सर्वाेच्चले तोक्यो कैद र जरिवाना (पूर्णपाठ)

सिधा कुराले अदालतको अवहेलना गरेको ठहर,सर्वाेच्चले तोक्यो कैद र जरिवाना (पूर्णपाठ)


काठमाण्डु –  सर्वाेच्च अदालतले ‘सिधाकुरा’ अनलाइन डटकमले अदालतको अवहेलना गरेको ठहर गर्दै सजाय सुनाएको छ।

सर्वोच्चको वृहत पूर्ण इजलासले आइतवार निर्णय सुनाउँदै अडियो रेकर्ड गर्ने राजकुमार तिमल्सिनालाई ६ महिना कैद सजाय तोकेको छ । त्यस्तै सिधाकुराका सम्पादक युवराज कडेल र नविन ढुंगानालाई ३ महिना कैद सुनाएको छ ।

युवराज कँडेल र नविन ढुंगानाले कथित अडिओको सत्य तथ्य परीक्षण नगरी प्रसारण गरेको हुनाले ३ महिना कैद सजाय तोकिएको हो । उनीहरुले लिखितरुपमा अदालत समक्ष माफी मागेमा ७ दिनमात्र कैद बसी अरु कैद निलम्बन हुने भनिएको छ । सीधा कुरा अनलाइनलाई ५ हजार जरिवाना तोकिएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकाल रहेको ९ सदस्यीय इजलासमा गत साउन १७ गते नै सुनुवाइ भएकाे थियो ।

सिधा कुरा डटकमले ‘डार्क फाइल्स’ नामक शृंखलाबद्ध समाचार प्रसारण गरेको थियो।