एमालेले कीर्तिपुरमा केन्द्रीय कार्यालय भवन बनाउने, भोलि शिलान्यास

एमालेले कीर्तिपुरमा केन्द्रीय कार्यालय भवन बनाउने, भोलि शिलान्यास


काठमाण्डु – नेकपा एमालेले कीर्तिपुरको २ नम्बर वडास्थित मैत्रीनगरमा केन्द्रीय कार्यालयको भवन बनाउने भएको छ ।

बल्खुको भवन भूकम्पले भत्काएपछि धुम्बाराही, थापाथली हुँदै च्यासलमा सारिएको कार्यालय अब कीर्तिपुरमा बनाइने भएको छ ।

बिहीबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले मैत्रीनगरमा केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय भवनको शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गर्ने तयारी छ ।

शुक्रबार दिउँसो १२ः२५ बजे पार्टी कार्यालयको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । मित्रनगरमा एमालेसँग झण्डै १२ रोपनी जग्गा छ ।

च्यासलमा रहेको केन्द्रीय कार्यालयमा पटक–पटक मनोहराको पानी पसेपछि एमालेले कीर्तिपुरमा पार्टी कार्यालय बनाउन लागेको छ ।