तिहारमा जतिपनि बिजुली प्रयोग गरौं, लोडसेडिङ हुँदैन : कुलमान

तिहारमा जतिपनि बिजुली प्रयोग गरौं, लोडसेडिङ हुँदैन : कुलमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा जतिपनि विद्युत खपत गर्न आग्रह गरेका छन् । खपतका लागि पर्याप्त विद्युत भएकाले तिहारमा जतिसक्दो बढी प्रयोग गर्दा पनि लोडसेडिङ नहुने घिसिङले बताएका हुन् ।

उनले कुनै प्राविधिक समस्याबाहेक लक्ष्मीपूजामा बत्ती नजाने पनि स्पष्ट पारे । यस वर्षको तिहारमा देशभित्र पुग्ने विद्युत उत्पादन भइरहेको र तिहारमा आयात पनि गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ । सकेसम्म तिहारमा देशभित्रको खपत पुर्‍याएर निर्यातसमेत गर्न पुग्ने विद्युत प्राधिकरणसँग रहेको उनले जनाएका छन् ।

घिसिङले असोज दोस्रो साता आएको बाढीले ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित केही जलविद्युत आयोजनामा ठूलो क्षति गरेको र अधिकांश आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदमा भने आयात गरेर व्यवस्थापन गर्नुपर्ने बताएका छन् । अहिले २१ सय मेगावट क्षमताका आयोजना सञ्चालनमा रहे पनि उत्पादन घटेर १९ सय मेगावाटमा झरेको छ ।

यस वर्ष बाढीपहिरोले जलविद्युत आयोजनाहरूमा क्षति पुगेका कारण हिउँदमा थप विद्युत आयात गर्नुपर्ने प्राधिकरणको आकलन छ ।