काठमाण्डु–नेपाल नागरिक उड्यन प्राधिकरणले थाई एयर एसियामाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ ।अनुमति नै नभई नेपाली आकाशमा प्रवेश गरेको एयरवेजले माफी मागेपछि प्राधिकरणले प्रतिबन्ध फुकुवा गरेको हो ।
अनुमति नै नलिई बैंककबाट काठमाडौँ आएको उक्त विमानलाई प्राधिकरणले अनिश्चितकालका लागि रोक लगाएको थियो । तर प्राधिकरणले ३ दिनमै प्रतिबन्ध फुकुवा गरेको हो । योसँगै यसको जीएसटीको रूपमा रहेको युनिभर्सल ट्राभल्सको अनुमति पनि सुचारु भएको छ ।
अब भैरहवामा समेत उडान गर्न एयरलाइन्स सहमत भएको छ । आगामी आइतबारदेखि सुरु हुने उडान मार्चसम्म कायम रहनेछ । थाईले काठमाडौँमा साताको चार दिन आइतबार, सोमबार, बिहीबार र शुक्रबार गरी चार र भैरहवामा आइतबार र शुक्रबार गरी दुई उडान गर्नेछ ।
प्रतिक्रिया