बालेन एमालेविरुद्ध परिचालित भएका छन् : शंकर पोखरेल

बालेन एमालेविरुद्ध परिचालित भएका छन् : शंकर पोखरेल


काठमाण्डु-काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेपछि महासचिव शंकर पोखरेलले उनीप्रति आक्रोश जनाएका छने । महासचिव पोखरेलले मेयर शाह एमालेविरुद्ध परिचालित भएको आरोप लगाएका छन् ।

शुक्रबार दरबारमार्गमा एमालेले आयोजना गरेको सभामा फोहोर गरेको भन्दै महानगरपालिकाले एमालेलाई एक लाख जरिवाना गरेपछि महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।

\सभा सकिएपछि फाहोर आयोजकले सफा गरिसकेपछि पनि जरिवानाको पत्र पठाउनुले मेयर बालेन एमालेविरुद्ध परिचालन भएको बुझ्न सकिने उनले दाबी गरेका छन् ।

पोखरेलले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाइ आयोजकका तर्फबाटै भइरहेको थियो । संकलन गरिएको भएको फोहर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो । अनुरोधलाई स्वीकार गरेर सहयोग गर्नुको साटो फोहर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा ।’

महानगरले जरिवाना पर्चा सार्वजनिक गरेको समयमा स्वयंमसेवकहरू कार्यक्रमस्थलमै फोहर संकलन गरेर गाडीमा राखिरहेको, मञ्च र मञ्चमा प्रयोग गरिएका सामग्री हटाउने काम भएको उनले बताएका छन् । ‘तर पनि मेयरको ध्यान सरसफाइमा नभई जरिवानाको स्टण्टबाजीमा थियो । जुन समय अगावै सार्वजनिक गरियो’, उनले लेखेका छन् ।

महासचिव पोखरेलले एमालेको जागरण सभा यस प्रकारका स्टण्टबाजी गर्नेहरूलाई सचेत बनाउनका लागि पनि भएको उल्लेख गरेका छन् ।