काठमाण्डु–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको घरमा शङ्कास्पद बस्तु फेला परेको छ । कागजमा पोको पारेर तार जोडिएको अबस्थामा कार्कीको झापास्थित घरमा शङ्कास्पद बस्तु फेला परेको हो ।
शनिबार बिहान गौरादह नगरपालिका-३ डिपु चोकमा रहेकाे घर अगाडि सिरिसको रुखमुनी फेला परेको उक्त कागजमा दुर्गा माताकी जय लेखिएको छ ।
हाल उक्त वस्तुलाई डिस्पोज गर्न झापाको चारआलीस्थित अरिदमन गणबाट नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ लागिसकेको छ ।
उक्त वस्तु कसले राख्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।
प्रतिक्रिया