भारतमा गान्धी परिवारकी अर्की सदस्य प्रियंका लोकसभा उपनिर्वाचनमा विजयी

भारतमा गान्धी परिवारकी अर्की सदस्य प्रियंका लोकसभा उपनिर्वाचनमा विजयी


नयाँदिल्ली – भारतीय राजनीतिमा लामो समयदेखि प्रभाव राख्दै आएको गान्धी परिवारकी अर्की सदस्य नेत्री प्रियंका गान्धी लोकसभा उपनिर्वाचनमा विजयी भएकी छन् ।

उनी वायनाड लोकसभा क्षेत्रमा भएको उपनिर्वाचनमा विजयी भएकी छन् । उनले कम्युनिस्ट पार्टीका सत्यन मोकेरी र भारतीय जनता पार्टीकी नव्या हरिदासलाई पराजित गरेकी छन् ।

प्रियंकाले ६ लाख २० हजार बढी मत ल्याइन् भने प्रतिद्वन्द्वी र उनको मतान्तर ४ लाख बढी छ ।

राहुल गान्धीले सिट छाडेपछि वायनाडमा उपनिर्वाचन भएको थियो ।