काठमाण्डु-चीन भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणाले नेपाली उत्पादनलाई चिनिया बजारमा प्रवद्र्धन गर्न निर्देशन दिएकी छन् ।
मन्त्री राणाले चीनको छेन्दुस्थित नेपालको महावाणिज्य दूतावासका कर्मचारीलाई चिया, कफी, जडिबुटीजस्ता नेपाली उपजलाई चिनिया बजारमा पु¥याउनका लागि सहजीकरण गर्न निर्देशन दिएकी हुन् ।
कर्मचारीसँगको अन्र्तक्रियामा मन्त्री राणाले नेपाल भ्रमण वर्ष २०२५ लाई सफल बनाउन पर्यटन प्रवर्घनका लागि पनि आग्रह गरिन् । चीनसँगको द्विपक्षीय सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठलाई जनस्तरमा सुदृढ गराउन दूतावासले भूमिका खेल्नु पर्नेमा उनले जोड दिइन् ।
मन्त्री राणा प्रधानमन्त्रीको आसन्न भ्रमणको तयारीस्वरुप बिहिवार छेन्दु पुगेकी हुन् । उनले आज चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्दै छिन् ।
प्रतिक्रिया