काठमाण्डु-नेपाल र चीनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको औपचारिक घोषणा गरेका छन् । नेपालको परराष्ट्र मन्त्रालय र चिनियाँ विदेश मन्त्रालयले शुक्रबार एकसाथ विज्ञप्ति जारी गरी भ्रमणको औपचारिक घोषणा गरेका हुन् ।
चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधाममन्त्री ओली मंसिर १७ देखि २१ अर्थात् डिसेम्बर २ देखि ५ सम्म चीन भ्रमणमा जाने छन् ।
प्रधानमन्त्री ओलीले मंसिर १८ गते चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने तय भएको छ । उनले सोही दिन चिनियाँ समकक्षी ली छ्याङसँग द्विपक्षीय औपचारिक वार्ता गर्ने तालिका छ ।
भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेताहरूसँग पनि भेट्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा हुने एक कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्नेछन् ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले राज्य परिषद्का प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा नेपालका प्रधानमन्त्री ओलीले डिसेम्बर २ देखि ५ सम्म चीनको औपचारिक भ्रमण गर्ने घोषणा गरेको विज्ञप्ति जारी गरेका छन् ।
प्रतिक्रिया