काठमाण्डु – कुमारी बैंक लिमिटेड र भिजन कार्ट प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
कुमारी बैंक लिमिटेड र बुढानिलकण्ठ, काठमाण्डौ स्थित भिजन कार्ट प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौता अनुसार भिजन कार्टबाट कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई ओपीडी शुल्क र परीक्षणमा ४० प्रतिशत छुट (अधिकतम ४,००० सम्म), निःशुल्क कन्ट्याक्ट लेन्स परामर्श र कन्ट्याक्ट लेन्समा ५ प्रतिशत सम्म छुट दिईन्छ । साथै, पार्टनर रिफेरल केन्द्रमा कुनै प्रकारको आँखा सम्बन्धी शल्यक्रिया गर्दा ५ प्रतिशत छुट, सनग्लासमा १० प्रतिशत छुट, र जेष्ठ नागरिकका लागि निःशुल्क डाक्टर परामर्श दिईनेछ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टरबाट सेवा दिदै आएको छ ।
प्रतिक्रिया