सामाजिक सञ्जालमा युवतीको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जालमा युवतीको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ


काठमाण्डु – सामाजिक सञ्जालमा युवतीको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले नुवाकोटको शिवपुरी गाउँपालिका–१ बस्ने ३८ वर्षीय सुरेन्द्र केसीलाई पक्राउ गरेको छ ।

केसीले पीडित युवतीलाई सामाजिक सञ्जालमा साथी बनाई प्रेम प्रस्ताव राखी भिडियो कलको क्रममा गरिएको रेकर्ड पीडित र पीडितको आफन्तलाई समेत पठाई अपमान र बेइज्जत गरी चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाण्डुबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।