काठमाण्डु – एसीसी १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको छ ।
शुक्रबार श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर २ बलमा १७८ रनमा ‘अलआउट’ भएर पराजित भएको छ ।
नेपालका मयन यादवले सबैभन्दा धेरै ६२ रन बनाए भने श्रीलंकाका प्रभीन मनीषाले ३ विकेट लिएका छन् ।
यसअघि यूएईको शारहाजमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरमा सबै विकेट गुमाएर २३३ रन बनायो । श्रीलंकाका शारुजन शानमुगनाथनले ६२ रन बनाए । नेपालका सन्तोष यादवले ४ विकेट लिएका थिए ।
यूएईमा शुक्रबारदेखि शुरू भएको प्रतियोगितामा ८ वटा देश सहभागी छन् । १९ वर्षमुनिको एशिया कप क्रिकेटको समूह ‘ए’मा भारत, पाकिस्तान, जापान र यूएई छन् । समूह ‘बी’मा नेपाल, श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।
नेपालले समूह चरणको दोस्रो खेलमा पर्सि आईतबार बंगलादेशसँग र तेस्रो तथा अन्तिम खेलमा मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ ।
प्रतिक्रिया