हुम्लामा कैदीले हाले प्रहरीको आँखामा खुर्सानी

हुम्लामा कैदीले हाले प्रहरीको आँखामा खुर्सानी


हुम्ला – हुम्लाको सिमकोटमा एक जना कैदीले प्रहरी जवनाकै आँखामा खुर्सानीको धुलो फायाँकेर जिल्ला प्रहरी कार्यालयको हिरासदबाटै भाग्न खोज्ने क्रममा पुनः पक्राउ परेका छन्।

सुरक्षामा खटिएका प्रहरी जवान सुरेन्द्र सिंहको आँखामा खुर्सानी फाँक्नेमा हुम्ला सर्केगाड गाउँपालिका– २ रीप गाउँका निवासी गंगे महतारा रहेको प्रहरीको भनाइ छ।निजलाई हात हतियार खर खजाना र कर्तव्य ज्यानमुद्दाका अभियोगमा गत मंसिर हुम्ला जिल्ला अदालतको आदेशले पुर्पक्षकालागी थुनामा राखिएको हो।

बिहिबार विहान ४ वजेको समय शौचालयमा सौच गर्न गएको थुनुवा महताराले हिरासदको ढोका खोली भित्र जाने क्रममा डिउटीमा खटीएका प्रहरी जवान सिँहको आँखामा खुर्सानी हालेर भाग्न खोजेका थिए तर तत्काल सुरक्षाकर्मीले जानकारी पाएपछी निजलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक रविन श्रेष्ठ भने अहिले सबै कुरा भन्न नसकिने अवस्था रहेको र अनुसुन्धान पछि सबै कुरा बाहिर ल्याउने बताए।

आँखामा खुर्सानी हालिएका प्रहरी जवानलाई जिल्ला अस्पतालमा उपचार भइरहेको छ। एक वर्ष भित्रै जिल्ला प्रहरी कार्यलय हुम्लामा रहेको हिरासदबाटै यस पटक गरि २ कैदी हिरासतबाटै भाग्न खोजेका छन्।