दाङमा आगलागी, एकै घरका ३ बालबालिकाको जलेर मृत्यु

दाङमा आगलागी, एकै घरका ३ बालबालिकाको जलेर मृत्यु


दाङ – दाङको बंगलाचुली गाउपालिका गुराँसेमा आगलागीमा परि एकै घरका ३ जनाको जलेर मृत्यु भएको छ।  आगोमा जलेर मृत्यु हुनेमा नवराज पुनको छोरा ७ वर्षीय कृष्णबहादुर पुन, छोरी वर्ष ५ की अस्मिता पुन र छोरी वर्ष २ की अन्जु पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। विहीबार राति ८ बजेतिर सोलारको ब्याट्रि पड्किएर घरमा आगलागी भएको थियो ।

पुनको एक बर्षीय छोरा बिरामी भएका कारण तीन छोराछोरीलाई घरमा सुताएर नबराज र उनकी श्रीमती झारफुक गराउन गाउँ गएको बेला ब्याट्रिपड्किएर आगलागी भएको प्रहरीले बताएको छ।  आगलागी पश्चात प्रहरी चौकी हाँसिपुर र स्थानीयको सक्रियतामा राति १२ बजे आगो नियन्त्रणमा लिइएको हो। साथै आगलागीबाट घरमा रहेका सातवटा गाई र चारवटा बाख्रा समेत जलेर नष्ट भएका छन्।