भारतको कोलकत्तामा भेटियो हराएको साढे ३३ किलो सुन

भारतको कोलकत्तामा भेटियो हराएको साढे ३३ किलो सुन


काठमाडौं– चर्चित साढे ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको समितिले भारतको कोलकातामा साढे ३३ किलो सुनसहित दुई नेपाली पक्राउ परेको सूचना नेपालको सरकारी संयन्त्रले पाएको छ ।

सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’को समूहले गत माघमा त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलबाट पास गराएपछि हराएको भनिएको ३३ किलो सुन भारतको कोलकातामा फेला परेको हो । पक्राउ पर्नेमा इटहरीका राकेशप्रसाद र हेमकुमार शर्मा रहेका छन् । भारतको राजस्व अनुसन्धान विभागका अधिकारीहरुका अनुसार गत शुक्रबार उक्त सुन स्फ्टि कारको अगाडिको भागमा फल्स बटम बनाएर तस्करी भइरहेको थियो । कारबाट सुनका ३३ वटा बिस्कुट बरामद भएको हो ।

कलकत्तास्थित नेपाली महावाणिज्य दूतावासमा भारतीय पक्षले पत्राचार गरेपछि घटना बाहिर आएको हो । भारतीय अधिकारीहरुले बरामद गरेको सुन र नेपाली नागरिकका विषयमा जानकारी गराएका हुन् । सुन नेपालबाट भित्रिएको हुनसक्ने भारतीय पक्षको जानकारी पछि नेपालका अधिकारी समेत अनुसन्धानमा जुटेका छन् ।