पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन

पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन


काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन भएको छ। ९३ वर्षीय गिरीको आफ्नै निवास बूढानीलकण्ठमा मंगलबार बिहान निधन भएको हो। गिरी लामो समयदेखि रोगले थलिएका थिए।

कलेजोको क्यान्सरबाट पीडित गिरीलाई सोमबार मात्र मेडिसिटी अस्पतालबाट निजी निवास लगिएको थियो । गिरीका श्रीमती, दुई छोरा र दुई छोरी छन्। सिराहा जिल्लामा जन्मिएका गिरी राजतन्त्रका पक्षधर थिए । उनले जीवनकालभरी राजतन्त्रको निरन्तर रुपमा साथ दिएका थिए ।

नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका गिरीले २०१७ सालमा राजा मेहन्द्रले पञ्चायनी व्यवस्था स्थापना गरेपछि पञ्चायतको कट्टरपन्थीका रुपमा परिचित थिए ।  महेन्द्रलाई सहयोग गरेका उनले राजा विरेन्द्रको ३६ सालमा जनमत संग्रहमा असहमति जनाउँदै श्रीलंकातिर लागेका थिए ।

राजा ज्ञानेन्द्रले ०५९ मा शासन हातमा लिएपछि उनी नेपाल फर्किएर ज्ञानेन्द्रलाई साथ दिएका थिए । पारिवारिक स्रोतका अनुसार गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार निवासमै राखिने छ