सोमालियामा अमेरिकी हवाई हमलामा परी ६२ को मृत्यु

सोमालियामा अमेरिकी हवाई हमलामा परी ६२ को मृत्यु


एजेन्सी – सोमालियामा अमेरिकी सेनाको ६ हवाई हमलामा इस्लामिक समूह अल–शबाबका ६२ लडाकू मारिएको अमेरिकी सेनाले दाबी गरेको छ । शनिबार भएका चार हवाई हमलामा ३२ लडाकू मारिएका थिए र आइतबारको अन्य दुई हवाई हमलामा २८ लडाकू मारिए ।

सन् २०१७ नोभेम्बरदेखि सोमालियामा यस्ता थुपै हमला गरिँदै छन् । अमेरिकाका अनुसार यी हमलामा कम्तीमा सय लडाकू मारिएका छन् । अमेरिकामा डोनल्ड ट्रम्प आएपछि सोमालियामा यस्ता थुप्रै हमला भइसकेका छन् । ब्यूरो अफ इन्भेस्टिगेशन जर्न्लिजमको आँकडा अनुसार सन् २०१७ मा सुरु भएको यो हमलामा कम्तिमा चार सय मारिए ।

यो आँकडा पछिल्लो १० वर्षमा मारिएका मानिसभन्दा पनि धेरै हो । अमेरिकाको जिबुतीमा ठूलो सैन्य स्थल छ र हमला यतैबाट गरिँदै छ । गान्डार्से सहर राजधानी मोगादिसु र मार्काको बीचमा पर्ने सानो तटिय सहर हो । त्यस सहरलाई आतङ्कवादी समूहले राजधानी आक्रमण गर्ने आश्रयस्थलको रुपमा प्रयोग गर्दै आएका थिए । सिन्ह्वा