जबर्जस्ती करणीका फरार आरोपित सुर्खेतबाट पक्राउ

जबर्जस्ती करणीका फरार आरोपित सुर्खेतबाट पक्राउ


सुर्खेत – जबर्जस्ती करणी गरेको भनी अदालतले कसुरदार ठह¥याएको एक फरार व्यक्तिलाई बुधबार साँझ सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिङ्गाड गाउँपालिका–६ अवलचिङ सुर्खेत निवासी टीका साउदका छोरा ५४ वर्षीय वासुदेव साउद हुन् ।

सुर्खेत जिल्ला अदालतले उनलाई जबर्जस्ती करणीको आरोपमा दोषी ठहर गरी पाँच वर्षको जेल सजाय तोकेको थियो । विशेष अनुसन्धानको क्रममा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।