माघीकोअवसरमा अध्यक्ष प्रचण्डद्वारा शुभकामना

माघीकोअवसरमा अध्यक्ष प्रचण्डद्वारा शुभकामना


काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघे संक्रान्ति (मकर संक्रान्ति)को शुभकामना दिएका छन् । उनले नेपालीले मनाउने यस चाडको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिएका हुन् ।

उनले माघी पर्वले नेपालीहरूबीच राष्ट्रिय एकता र सद्भाव अभिवृद्धि गर्ने अपेक्षा गर्दै मुलूकको समृद्धि, विकास र निर्माणमा एकताबद्ध हुन आह्वान गरेका छन् ।